Incident Reports

पेस्तोल र गोली सहित पक्राउ

2019-05-20

Bagmati, Kathmandu, Tokha, Ward 7

काठमाडौं रानीबारी बस्ने सिन्धुपाल्चोक मेलाम्ची घर भएका ३० वर्षीय काले भनिने विष्णु तामाङलाई १ थान कटुवा पेस्तोल र सो को गोली ५ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-७ धापासीस्थित उकालोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गर्न खोजेकाले प्रहरीले आत्मसुरक्षाको लागि १ राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घुँडामुनी गोली लागेर घाइते भएका तामाङलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।

तामाङ ६ वर्षसम्म डाँका मुद्दामा केन्द्रीय कारागारमा रही २०७२ भदौ ६ गते कैद मुक्त भई हाल विभिन्न चोरीमा संलग्न रही फरार रहेकोले प्रहरीले खोजी गर्दै आएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , Local Newspaper - Chitwan

0 Comments