Incident Reports

न्याय माग्दै बिद्यार्थी सडकमा

2019-05-20

पाँचथर हिलिहाङ ४ कि १५ बर्षिय शितल योङहाङको हत्यामा संलग्नलाई पक्राउ गरी कारवार्ही गर्नु पर्ने माग राख्दै फिदिममा बिद्यार्थीले आन्दोलन थालेका छन । बिद्यार्थीले शितललाई न्याय अभियान घोषणा गर्दै त्यस्तो माग गरेका हुन ।

फिदिम नगरपालिका ४ मा रहेको पाँचथर बहुमुखी क्याम्पसबाट सुरु भएको र्यालीले फिदिम बजार परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय परिषरमा पुगेर कोण सभाको आयोजना गरेको थियो । सयौको संख्यामा बिभिन्न बिद्यालयबाट भेला भएका बिद्यार्थीले शिलत योङहाङले न्याय नपाएको भन्दै तत्काल स्थानीय प्रसासन सक्रिय हुनु पर्ने माग गरेका छन ।

घटनाको साता दिन बिति सक्दा पनि हत्यामा संलग्नलाई पक्राउ पर्न नसक्नुले प्रहरी प्रसासनको न्याय कार्यशैलीमा संका लागेको बिद्यार्थीहरुको भनाई रहेछ । कोणसभालाई बिद्यार्थी अभियानका अगुवा रमला राई, युन्छोहाङ आङदेम्बे, दिपक नेम्बाङ, सुवास बाँस्कोटा लगायतले सम्बोधन गरेका थिए ।

कक्षा दशमा अध्ययनरत किशोरीको हत्या भएपछि स्थानीय त्रसित अवस्थामा पुगेका अभियान संयोजक मध्येका प्रिय योङहाङले बताए । हामी स्वतस्फुत सडकमा आएका छौ हामीले राखेका माग प्रति बेवास्ता गरिए थप आन्दोलनमा जान बाध्य हुनेछौ अर्का अभियन्ता युवेन जवेगुले भने– हत्यामा संलग्न पक्राउ नपरुन्जेल आन्दोलन चलिनै रहनेछ ।

संलग्न भनिएका दुई मध्ये एक जनालाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ परेको थियो । ३० गते राति भएको हत्यामा पाँचथरको फाल्गुनन्द २ का भगिरथ बाँस्तोलालाई भने प्रहरीले ३१ बैशाखमा पक्राउ गरेको हो ।

सोही घटनामा संलग्न भनिएका फाल्गुनन्द २ का पदम तामाङ फरार छन । पक्राउ परेका बाँस्तोलाले तामाङसंग मिलेर शितलको हत्या गरेको स्वीकार गरेका छन । अभियन्ताले भने–हटना पछि प्रहरी प्रसासनले सहयोग गर्छ भन्ने लागेर नै परिवारका सदस्यले शव समयमै जिम्मा लिएको बताउँदै अभियन्ताहरुले यसरी अभियुक्त पक्राउ नपर्ने थ्यो भने हामी यती सहज हुन दिने थिएनौ ।

घटना हेर्दा हत्या योजनाबद्ध रुपमा भएको देखिन्छ । पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले भने–४÷५ दिन लगाएर योजना बनेको देखिन्छ । हत्यामा संलग्नहरुले फाल्गुनन्द गाउँपालिका देखी ५ दिन लगाएर हिलिहाङ सम्म पुगेका छन । यस बिचमा उनीहरुले जे जसरी योजना बनाए त्यसले हत्याको योजनाबद्ध क्रम बुझिन्छ ।

अभियन्ताहरुले जारी गरेको प्रेस बिज्ञप्तीमा संलग्नलाई तत्काल पक्रउ नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन । पछिल्लो समय हत्या भएको क्षेत्रमा बिद्यार्थीहरु माझ त्रासको बातावरण रहेको स्थानीयले बताएका छन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments