Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-19

Province 1, Jhapa, Damak, Ward 5

मानसिक स्वास्थ्य पीडित ७० वर्षीया बृद्घालाई बलात्कार गरेको आरोपमा प्रहरीले दमक नगरपालिका–५ का ३७ वर्षीय राजेन्द्र गुरूङलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।

सडकमा बेवारिसे अवस्थामा हिँड्ने बृद्घालाई जेठ ५ गते आरोपितले बलात्कार गरेको आरोपमा महिला सुरक्षा गृह दमककी प्रमुख बसन्तकुमारी उदासले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर श्यामल सुब्बाले बताए ।

पीडित बृद्घाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा जेठ ६ गते गरिएको छ । पीडितको स्वास्थ्य अवस्था कमजोर रहेकाले हाल दमक अस्पतालमा उपचार भइरहेको महिला सुरक्षा गृहकी प्रमुख उदासले बताइन् ।


नरेश खाती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments