Incident Reports

मेयरद्वारा कुटिएपछि कर्मचारी आन्दोलित,पत्रकारमाथिसमेत दुव्र्यवहार

2019-05-22

Province 1, Sunsari, Itahari

इटहरी - इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार दिउँसो एकजना कर्मचारीलाई कुटपिट गरेका छन् भने अर्का एकजनालाई घोक्र्याएर निकालेका छन्।

एक वर्षअघि इटहरी उपमहानगरपालिकाले कानुनविपरीत विनाप्रतिस्पर्धा करिब एक करोड रुपैयाँ हाराहारीको सिएफएल चिम खरिद प्रक्रियामा आरोप लागे पनि अख्तियारले टुंगो लगाएको मुद्दालाई निहुँ बनाएर नायब सुब्बा, इटहरी–१९ का वडासचिव मनोज दाहाललाई बोलाएर कुटपिट गरेका हुन्।

चौधरीले नक्सा फाँटका कर्मचारी सब–इन्जिनियर राम खड्काले पैसा मागेको गुनासोका आधारमा घोक्र्याएर कार्यालयबाहिर निकालेलगत्तै वडा कार्यालयबाट डाकेर कर्मचारी दाहाललाई कुटपिट गरेका हुन्। मेयर चौधरीले प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीको कार्यपक्षमा बोलाएर दाहाललाई कुटपिट गरेका थिए।

‘मेयर सा’बले बोलाएपछि प्रमुख प्रशासकीय अधिकृतको कक्षमा गएँ, उहाँ (मेयर) केही खाइरहनुभएको थियो,’ कर्मचारी दाहालले भने, ‘म त्यहाँ पुग्नासाथ अश्लील शब्द बोल्दै ममाथि हातपात भयो।’ उनका अनुसार बाहिर निस्किन खोज्दासमेत नदिइकन हातपात भएको थियो। आइटी इन्जिनियर ओसियन चौधरीलाई बोलाएर सिसि क्यामेरा बन्द गर्न लगाएर पिटिएको कर्मचारी दाहालले बताए।

चिम खरिदमा जनप्रतिनिधिको संलग्नता नभएकैले गर्दा अख्तियारले ‘क्लिन चिट’ दिएको जनाउँदै दाहाललाई राजीनामा दिएर बाटो खुला गर्न सुझाउँदा अटेर गरेपछि कुटपिट गरेको भन्दै चौधरीले घटना भएको स्वीकारेका छन्।

दाहाललाई कुट्दा मोबाइल फोनसमेत खोसेको इटहरी उपमहानगरपालिकाका कर्मचारीले बताएका छन्। मेयर चौधरीले दाहाललाई कुटपिट गर्नुबाहेक नक्सा फाँटका कर्मचारी खड्कालाई विनाप्रमाण घुस लिएको आरोप लगाएको कर्मचारीको भनाइ छ।

मेयर चौधरीले एक वर्षअघि चिम खरिदमा तत्कालीन कार्यकारी अधिकृत सागर मिश्र, वडा सचिव दाहाल र लेखा अधिकृत लखनलाल चौधरीले नै भ्रष्टाचार गरेको दाबी गर्दै ‘सान’सँग काम गरिरहेकाले गर्दा राजीनामा दिन भने पनि नमानेकाले पिटेको प्रस्टीकरण दिए। ‘अहिले संक्रमणकाल रहेकाले गर्दा भ्रष्टमचारी जसरी ठेगान लाग्छन्, त्यसैअनुसारको व्यवहार गर्नेछु,’ चौधरीले भने, ‘जनप्रतिनिधिको संलग्नता नभएकाले गर्दा मात्र अख्तियारले चिम खरिदमा क्लिन चिट दिएको हो। त्यसमा कर्मचारीको बदमासी छ।’


चौधरीले भने, ‘अहिले संक्रमणकाल रहेकाले गर्दा भ्रष्टाचारी जसरी ठेगान लाग्छन्, त्यसैअनुसारको व्यवहार गर्नेछु।’


चिम खरिदमा आर्थिक वर्ष २०७३÷०७४ मा पनि ८३ लाखको भुक्तानीमा समस्या भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले चिम खरिद प्रकरणको मुद्दा टुंगो लगाइसकेको थियो।

मेयर चौधरीले कर्मचारी कुटपिट गरेको विरोधमा उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन्। उपमहानगरपालिका कर्मचारी परिवारको नाममा विज्ञप्ति जारी गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन्। ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद !’ भन्दै कर्मचारीले बुुधबार अपरान्ह केहीबेर नाराजुलुससमेत गरेका थिए।

मेयरका यस्ता गतिविधि अवाञ्छित, अलोकतान्त्रिक र आपराधिक भएको भन्दै कर्मचारी आन्दोलित भएका हुन्। कुटपिटमा संलग्न मेयर चौधरीविरुद्ध कर्मचारी दाहालले ज्यान मार्ने उद्योगमा उजुरी दिए पनि इलाका प्रहरी कार्यालय इटहरीले लिन अस्वीकार गरेको छ।

चौधरीले मेयरको उम्मेदवार बन्ने क्रममा र विजयी भएपछि भ्रष्टाचारीलाई ठीक पार्ने प्रतिबद्धता व्यक्त गरेबमोजिम नै कर्मचारीमाथि कुटपिट गरेको दोहो-याए। ‘भ्रष्टाचारीलाई कसैले फूलमालाले स्वागत गर्दैैन,’ उनले भने।

मेयर चौधरीले कर्मचारी कुटपिट गरेको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथिसमेत दुव्र्यवहार गरेका छन्। कर्मचारी कुटपिट गरेको विषयमा प्रतिक्रिया लिन पुगेका कृष्ण बहाव भट्टराई, विकल रेग्मीलगायत पत्रकारमाथि मेयर चौधरीले दुव्र्यहार गरेका हुन्।

पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको भत्र्सना र निन्दा गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गरेको छ। पत्रकारहरुले प्रश्न सोध्दा मेयर चौधरीबाट जुन दुव्र्यवहार भएको छ, यसले पत्रकार वृत्तमा असुरक्षासमेत बढाएको महासंघ सुनसरी शाखाले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments