2019-05-22
काठमाण्डाै – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ ।
संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो । बुधबार अखिल क्रान्तिकारीले यस सेवा आयोग खारेजको माग गर्दै आयोगको कार्यालय मूलगेटमा अनिश्चितकालीन धर्ना कार्यक्रम गरेका थिए ।
कार्यक्रमलाई ऐक्यवद्धता जनाउन धर्नास्थल पुग्नु भएका गजुरेलले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिनेलगायतका गलत काम गर्ने सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको बताउनुभयाे ।
अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै गएकाे सोमबारबाट यस आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो ।
भर्ना कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका युवा, प्राध्यापकलगायतका संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन ।
Violent / Non-violent | Nonviolent |
Event Duration | More than 1 day |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Issues related to corruption (other than tenders) |
Actor 1 - Number of people | 10 |
Actor 1 - Affiliations | CPN-M (Baidya) |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Education sector/teachers (private and public) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD