Incident Reports

विभिन्न हातहतियार सहित ७ जना पक्राउ

2019-05-22

Madhes, Dhanusha, Janakpur, Ward 8

धनुषा, ९ जेठ    जनकपुर उपमहानगरपालिका-८ स्थित बिहार कुण्ड मन्दिरमा लुटपाट गर्ने उद्धेश्यका साथ आएका भारत समस्तीपुर ग्राम पञ्चायत सतपुर बस्ने २६ वर्षीय रबि मल्लिक समेत ७ जनालाई विभिन्न हातहतियार सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।     उक्त स्थानमा प्रहरी प्रधान कार्यालय बिशेष व्युरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । साथै नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोजेपश्वात प्रहरीले जवाफी फायर गर्दा रबि मल्लिक घाइते भएका छन् । जवाफी कारवाहीमा दुवै तिघ्रा र दाँया खुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका रबि मल्लिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।  उनीहरुको साथबाट पेस्तोल १ थान, गोली २ राउण्ड, म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोटरसाइकल २ थान समेत बरामद भएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website , Local Newspaper - Dhanusha

0 Comments