Incident Reports

त्रिवि सेवा आयोग खारेजको माग गर्दै रिले अनशन

2019-05-20

Bagmati, Kathmandu, Kirtipur

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खारेज गर्नुपर्नेलगायतका माग राख्दै विद्यार्थीहरु रिले अनशन सुरु गरेका छन् । यसअघि आयोगका पदाधिकारीहरुले अनियमिततापूर्वक आफन्तलाई भर्ती गरेको तथा पहुँच भएका व्यक्तिको भनसुनका आधारमा लिखित परीक्षा उतीर्ण गराएको विरोधमा अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन् ।

आइतबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित घण्टाघरबाट त्रिवि सेवा आयोगको कार्यालयसम्म कम्तिमा ३०० को संख्यामा विद्यार्थीको उपस्थित सहित मार्चपास गर्ने तथा अध्यक्षलगायत अन्य पदाधिकारीको राजीनामा माग्दै कोणसभा गरेका थिए ।

उनीहरुले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने, अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा खारेज गर्नुपर्ने माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघ/संगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध भइरहेको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments