Incident Reports

भतिजद्वारा कुटपिट गरिएकी महिलाको न्यायका लागि इन्सेकको पैरवी

2019-05-19

Karnali, Humla, Simkot, Ward 2

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया गोरिकला भण्डारीलाई १८ वर्षीय भतिजो राजेन्द्र भण्डारीले जेठ ५ गते कुटपिट गरेको भन्दै इन्सेकले जेठ १२ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएर पहल थालेको छ ।

बेलाबेलामा कुटपिट गरी याताना दिँदै आएको भन्दै जेठ १२ गते नै पीडित महिलाले न्यायका लागि सहयोगको याचनासहित इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहलाई लिखित रूपमा निवेदन दिएपछि सोही दिनमै न्यायको माग गर्दै प्रहरीमा इन्सेकले उजुरी गरेको हो ।

गत वर्ष पनि आफूलाई कुटपिट गरेको र यो वर्ष पनि कुटपिट गरेको भन्दै घरेलु हिंसाबाट पीडित भएकी गोरिकलाको आँखामा समेत चोट लागेको बताएकी छन् ।

गत वर्षदेखि पटकपटक कुटपिट भएको भन्दै वडा कार्यालयमा उजुरी गरेको भएपनि वडा कार्यालयले सुनुवाइ नगरेको उनले गुनासो गरिन् ।

इन्सेकलाई लिखित रूपमा उजुरी गरेपछि न्यायका निमित्त महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज विष्णुमाया गुरूङले आरोपित राजेन्द्र भण्डारीलाई झिकाएर छलफल गरी पीडित महिलालाई न्याय दिलाउने जानकरी दिइन् ।

घरेलु हिंसाका कारण घाइते भएकी पीडित महिलाको घाउ जाँचका लागि इन्सेकले सहयोग गरेपछि मात्रै जिल्ला अस्पताल हुम्लामा घाउजाँच गरिएको छ

बासस्थान, खानपिन र स्वास्थ्य उपचारको लागि इन्सेक प्रतिनिधिले सरोकारवालासँग पहल गरेका छन् ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total damaged Buildings 00
INSEC

0 Comments