Incident Reports

नापी र मालपोतमा धर्ना

2019-05-08

 नापी र मालपोत कार्यालयमा भ्रष्टाचार बढेको भन्दै कावासोतीमा रयालीसहितको धर्ना दिइएको छ। भूमि अधिकार मञ्च, नवलपरासीको आयोजनामा कावासोतीको फलफूल चोकदेखि मालपोत कार्यालयसम्म याली निकालिएको थियो । यालीपछि केहीबेर मालपोत कार्यालय कावासोतीअगाडि धर्ना दिई त्यालीमा सहभागी अगुवाहरूले मालपोत कार्यालय कावासोतीमा मागपत्रहरू पनि बुझाएका थिए ।

सरकारी जग्गा किर्ते गरी दर्ता गर्नेदेखि भूमाफियाहरूसँग मिलेर सुकुमबासीको जग्गा अकको नाममा पास गर्नेलगायतका गतिविधिमा मालपोत र नापीका कर्मचारीहरू सक्रिय भएर लाग्ने गरेको उनीहरूको आरोप थियो।  

राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य मञ्जु श्रेष्ठले मालपोत र नापीमा भूमाफियाहरूको मिलेमतोमा व्यापक चलखेल हुने गरेका कारण धर्नालगायतका आन्दोलनका कार्यक्रम अगाडि बढाउन परेको बताइन् । राष्ट्रिय भूमि अधिकार मञ्चले बुधबार देशैभर मालपोत कार्यालयमा धर्ना दिएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments