Incident Reports

आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेको अभियोगमा पक्राउ

2019-05-27

Province 1, Sunsari, Dharan, Ward 13

सुनसरी, १४ जेठ आफ्नै ३२ वर्षीया श्रीमती ललिता लिम्बुलाई छुरा प्रहार गरेको अभियोगमा धरान उपमहानगरपालिका-१३ जानकी चोक बस्ने ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट अमरहाडबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई छुरा १ थान सहित पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएकी ललिताको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments