2019-05-26
Province 1, Sunsari, Dharan
सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस/बिडिएस पास गरेर एक वर्षे इन्टर्न गरिरहेका चिकित्सकहरू आइतबारदेखि सबै काम छाडेर धर्नामा उत्रिएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले इन्टर्नलाई दिने मासिक तलबभत्ता सुविधा अति कम भएकाले महाराजगन्ज शिक्षण अस्पतालले दिए सरह हुनुपर्ने भन्दै धर्नामा उत्रिएका हुन् ।
प्रतिष्ठानले आफ्नो शिक्षण जिल्लाहरूमा खटाएका ५० जना बढी इन्टर्न चिकित्सकहरू पनि काम छाडेर आन्दोलमा सहभागी भएका छन् । सङ्घर्ष समितिले नेपाल सरकारको स्वास्थ्यको आठौँ तहको मेडिकल अफिसरले पाउने तलबको आधा प्रतिशत इन्टर्नहरुले पाउनुपर्ने माग गर्दै धर्नामा उत्रेको जनाएको छ । सरकारको ८ औँ तहका मेडिकल अफिसरको तलब ३६ हजार रुपैयाँ हाराहारीमा छ । ओपडीमा दैनिक ३ हजार जना र आकस्मिकमा दैनिक २ सय ५० जना बिरामी उपचारका लागि आउने ८ सय शैया रहेको प्रतिष्ठानमा इन्टर्न चिकित्सकहरू आन्दोलनमा उत्रेपछि स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक कान घाँटी, मेडिसिन, आँखा, यौन तथा चर्म, बालरोग, मानसिक रोग, विभिन्न वार्ड, ओपिडी, इमर्जेन्सी र सघन उपचारकक्ष पनि प्रभावित भएको छ । प्रतिष्ठानको उपकुलपति भवन परिसरमा १५० जना इन्टर्न चिकित्सकहरू बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बसेका छन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Labor disputes, not including civil servants |
Actor 1 - Number of people | 100 |
Actor 1 - Affiliations | Health sector/health workers, doctors |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Health sector/health workers, doctors |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD