Incident Reports

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

2019-05-31

Madhes, Rautahat, Baudhimai, Ward 5

रौतहट : आफ्नै स्कुलकी चार वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा रौतहटमा एक निजी स्कुलका शिक्षक पक्राउ परेका छन्। रौतहटको बौधीमाई नपा ५ मा रहेको डाइनामिक अंग्रेजी बोर्डिङ स्कुलका ३० वर्षीय शिक्षक मनेजर राय यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जेठ १७ गते दिउँसो करिब १ बजे शिक्षक राय यादवले सोही स्कुलमा एलकेजी कक्षामा अध्ययनरत चार वर्षीय छात्रालाई शौचालयमा लगेर यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाको विषयमा आइतबार सूचना प्राप्त भएको र शिक्षकलाई पक्राउ गरी अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट आरोपी यादवले बालिकामाथि यौन दुव्र्यवहार गरेको खुल्न आएको छ।घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Siraha

0 Comments