Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-06-02

Gandaki, Gorkha, Gorkha, Ward 8

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नपा-८ बस्ने २० वर्षीय उदित दवाडी र सोही ठाउँ बस्ने १९ वर्षीय विनोद परियारलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

घटनाका अन्य आरोपित गोरखा नपा-८ बस्ने १९ वर्षीय सुमन गुरुङ र शहीद लखन गाउँपालिका-८ घर भइ हाल गोरखा नपा-८ बस्ने १९ वर्षीय रविन ढकाल भने फरार रहेकोमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


पीडित बालिकालाई आरोपितहरूले जेठ १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।


पीडित पक्षको उजुरीपछि गिरफ्तार गरिएकामाथि अनुसन्धान भइरहेको र फरार आरोपितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी भोला रावलले जानकारी दिए ।


पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।



हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments