Incident Reports

हिंसा पीडित बालिकालाई न्याय दिलाउन इन्सेककर्मीद्वारा प्रहरीमा उजुरी दर्ता

2019-06-07

Province 1, Panchthar, Phidim, Ward 1

फिदिम नपा-१ की १३ वर्षीया सन्ध्या राईलाई ३४ वर्षीय बुबा समिर राई र २० वर्षीया कान्छी आमा समीक्षा राईले कुटपिट गर्नुका साथै गालीगलौज गरेको भन्दै इन्सेक पाँचथरले जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडित बालिकाले इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघासमक्ष सहयोगका लागि आग्रह गरेपछि पीडितलाई न्याय दिलाउन पीडितको तर्फबाट उजुरी दर्ता गरेका हुन् ।

आरोपितहरूले पटकपकट कुटपिट गर्ने गरेको र पछिल्लो पटक जेठ २४ गते तारले निर्धात हुने गरी कुटपिट गरेको भन्ने पीडितले बताएकी छिन् ।

स्थानीय निलकण्ठ बोर्डिङ स्कुलको कक्षा ४ मा अध्ययनरत पीडितलाई विद्यालयले लिने शुल्क माग गर्दा समेत कुटपिट गर्ने गरेको उनले बताइन् । शरीरमा निलडाम देखिएपनि पीडित बालिकाको हालसम्म स्वास्थ्य उपचार गरिएको छैन ।

पीडितको तर्फबाट प्राप्त उजुरी दर्ता गरिएको र आरोपितहरूलाई झिकाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।

छलफल पश्चात अभिभावकवाट संरक्षकत्वको अनुभूति हुने गरी प्रतिबद्धता नआए कानुन अनुसार कारवाही गरिने इन्स्पेक्टर पौडेलले जानकारी दिए ।


मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments