Incident Reports

विद्यार्थी र विदेह नगर प्रमुखका समर्थकबीच झडप, १२ जना घाइते

2019-06-09

Madhes, Dhanusha, Bideha, Ward 2

विदेह नगरपालिका वडा नम्बर २ मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षकहरूले तलब नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा विद्यार्थी र नगर प्रमुखका समर्थकबीच झडप हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्।
विरोध गरिरहेका विद्यार्थीहरूले नगरपालिकामा ताला लगाउन खोज्दा नगर प्रमुख बेचन दासका समर्थकले रोक्न खोजेपछि झडप भएको हो।
झडपमा परी १२ जना विद्यार्थी घाइते भएका छन् भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेकृष्ण गोइत, विदेह नगरपालिका–१ का वडा अध्यक्ष विनोद गोहितमान समेत घाइते भएका छन्।
अभिभावकहरूले बाहिरका गुण्डा ल्याएर नगर प्रमुख दासले विद्यार्थीमाथि आक्रमण गराउन लगाएको आरोप लगाएका छन्।
यसअघि गत शुक्रबार पनि विद्यार्थीहरूले ताला लगाउन खोजेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो।
प्रहरीले बल प्रयोग गरेर ताला खोलेपछि विद्यार्थीले आज फेरि ताला लगाएका हुन्।
विद्यार्थीहरूले शिक्षकको तलब, छात्रावृत्ति रकम र विद्यालय नमूना घोषणा भएपछि आएको बजेट निकासा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Blunt weapon
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 14
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 14
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments