Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-06-12

Lumbini, Dang, Ghorahi, Ward 16

१२ र १३ वर्षीया बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले किड्स ब्राइट्स बोर्डिङ स्कुलका शिक्षक घोराही उपमनपा-१६ का २३ वर्षीय विनायक बस्नेतलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपित बस्नेतले जेठ २९ गते यौन दुर्व्यवहार गरेको पीडितद्वयले आरोप लगाएका छन् ।

विद्यालयमा बिरामी परेका दुवै जना बालिकालाई विद्यालयबाट घर पुर्‍याइदिने निहुँमा आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले बताए ।

पीडितद्वयको स्वास्थ्य परीक्षण जेठ २९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको प्रहरीले जनायो ।


जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments