Incident Reports

यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक गिरफ्तार

2019-06-16

Lumbini, Rupandehi, Siddharthanagar, Ward 3

१७ वर्षीया बालिकालाई जागिरको प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्ला रेसुङ्गा नपा-१४ पराल्मी घरभई सिर्द्धार्थनगर नपा-३ मा भट्टराई गेष्ट हाउस सञ्चालन गर्दै आएका ३१ वर्षीय कमल भट्टराईलार्इ असार १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले होटलमा सरसफाईको काम दिने प्रलोभन देखाएर यौन पेशा गर्नका लागि विभिन्न होटल तथा घरहरूमा पुर्‍याएको र पीडा सहन नसकेर भागेर प्रहरीलाई घटनाबारे जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितविरूद्ध मानव बेचबिखन तथा साङ्गठनिक अपराधमा मुद्दा दर्ता गरी कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रिमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments