Incident Reports

पाँचथरमा युवतीको विभत्स हत्या

2019-06-18

Province 1, Panchthar, Hilihang, Ward 6

पाँचथर : पाँचथरमा एक युवतीको विभत्स हत्या भएको छ। मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका ६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो। 

गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत  सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। बाटोमा छाता, लेडिज ब्याग र भिरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

स्थानीयले खबर गरे लगत्तै जोरपोखरी प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोली पनि घट्नास्थल पुगेको छ। 

डीएसपी कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। फाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको हुनसक्ने अनुमान गरिएको आशंका रहेको डीएसपी कुँवरले बताए।

यसअघि वैशाख २९ गते हिलिहाङ ४ की १५ वर्षीया शीतल योङहाङको घाँटी रेटी हत्या भएको थियो। 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments