Incident Reports

दिदीकै 'सेटिङ'मा बहिनी बलात्कृत

2019-06-16

Province 1, Morang, Kerabari

विराटनगर : मोरङमा १९ वर्षीया एक युवती पारिवारिक नाता भित्रकै दिदीको 'सेटिङ'मा बलात्कृत भएकी छन्। पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईकाअनुसार अनुसन्धानबाट अञ्जनाले आफ्ना प्रेमी सुन्दरहरैंचा नगरपालिका १२ का ३९ वर्षीय सञ्जिवकुमार शंकरको आग्रहमा यो घटना गराएको देखिन्छ।अञ्जनाले प्रेमी सञ्जिवसँग मिलेर गोरखाको पृथ्वीनगर ७ का ३२ वर्षीय विश्वास कट्टेललाई नाता भित्रकी बहिनी बलात्कारको वातावरण मिलाइदिएको राईले बताए। 

अञ्जना र विश्वासबीचमा भने चिनजान नरहेको प्रहरीको भनाइ छ। प्रहरीकाअनुसार सञ्जिवकुमार र विश्वास साथी हुन्। सञ्जिवको भने विराटचोकमा मेडिकल हल सञ्चालनमा छ। उनीसँगकै सम्पर्कका आधारमा गोरखाबाट आएका विश्वास विराटचोकमा जग्गा कारोवारमा संलग्न रहेको प्रहरीले जनाएको छ। पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेर असार १ गते जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। 

अनुसन्धानका क्रममा दिदीकै 'सेटिङ' मा बहिनी बलात्कृत भएको खुलेको हो। जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दामा महिलाविरुद्ध पनि अनुसन्धान गरिएको घटना मोरङमै पहिलो भएको प्रहरी दाबी छ। प्रहरीले विश्वासलाई घटनामा संलग्न मुख्य अभियुक्त, अञ्जना र उनका प्रेमी सञ्जिवलाई भने घटनाको मुख्य योजनाकारका रुपमा अनुसन्धान गरिरहेको छ। सञ्जिव र विश्वास विवाहित हुन् भने अञ्जना अविवाहित।

'दुवैजनाले सल्लाह गरेर सञ्जिवकी प्रेमिका अञ्जनामार्फत् गत जेठ ३१ गते एकजना युवती झिकाएको देखिन्छ,' घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, 'त्यसक्रममा अञ्जनाले पारिवारिक नाता भित्रकी बहिनी पर्ने एक युवतीलाई साथमा लिएर विराटचोक आएको खुलेको छ।'

त्यसपछि चारैजना मिलेर हलमा फिल्म पनि हेरेको खुलेको छ। फिल्म हेरिसकेपछि केराबारी गाउँपालिका पुर्‍याएर त्यहाँको गुराँस होटलमा जेठ ३२ गते बिहानसम्म बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार होटलको १०५ नम्बर कोठामा घटना भएको हो। 

प्रनि राईका अनुसार अञ्जनाले डुलघुम गरेर आउनुपर्छ भन्दै फकाएर बहिनीलाई साथमै लिएर आएको अनुसन्धानबाट खुलेको छ। 'घुमफिर र खानपिन गरेर चाँडै फर्कनुपर्छ भनेर दिदीले लिएर आउनुभयो,' पीडितलाई उद्धृत गर्दै राईले भने, 'तर दिदीले ममाथि यति ठूलो अपराध सोचेर यसो गर्नु भएको रहेछ।'

सबै परिपञ्च मिलाउने घटनाको मुख्य योजनाकारका रुपमा दिदी नै देखिएको उनले बताए। केराबारीस्थित होटलमा पुर्‍याएपछि पीडित युवतीलाई जुस भन्दै झुक्याएर वाइन खुवाएको पनि खुलेको उनको भनाइ छ। 'तीनजनाले विभिन्न खाले मदिरा सेवन गरेछन्,' प्रनि राईले भने, 'पीडितलाई भने जुस भएकाले केही पनि असर नगर्ने भन्दै गुलियो स्वाद आउने वाइन खुवाएको पाइयो।'

उनका अनुसार त्यसकै नशाले मातेर बेहोस भएपछि विश्वासले भने युवतीलाई होटलको कोठामा लग्दै रातभर राखेर बलात्कार गरेको पत्ता लागेको छ। पीडितले जुस भन्दै तरल पदार्थ खुवाएको केही समयपछि आफूले केही पनि थाहा नपाएको र बिहान होसमा आउँदा मात्रै आफू बलात्कृत भएको थाहा पाएको प्रहरीलाई बताएकी छन्। प्रहरीका अनुसार पारिवारिक नाता सम्बन्धकै दिदीबाट बहिनीमाथि बलात्कार गर्ने वातावरण मिलाइदिएको घटना सम्भवत मोरङमा पहिलो हो। 

त्यसपछि इलाका प्रहरी कार्यालय बेलबारीमा आएर घटना उल्लेख गर्दै पीडितले बलात्कारमा संलग्ल र आफूमाथि बलात्कारको योजना बनाउने दिदीसहित तीनजना विरुद्ध जाहेरी दिएको प्रनि राईको भनाइ छ। 'पारिवारिक नाता भित्रकी दिदीले नै सबै वातावरण मिलाइदिएर बहिनीमाथि बलात्कार गर्न लगाएको नौलो र सबैलाई अचम्मित पार्ने घटना गराइएको छ,' उनले भने, 'बहिनीलाई पीडित बनाइएको यति ठूलो जघन्य अपराध एवं घटनाका बारेमा मिहीन ढंगले अनुसन्धान गर्ने काम भइरहेको छ।' राईका अनुसार अनुसन्धानका क्रममा तीनैजनाले घटनामा संलग्नता स्वीकार गरिसकेका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments