Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-07

Bagmati, Lalitpur, Godawari, Ward 14

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला धुनिबेसी नगरपालिका, नौबिसे घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४, ठैब चोकमा बस्ने २० वर्षीय विजय तामाङलाई असार ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फेसबुकबाट साथी बनाइ ०७५ पुस २३ गते बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।

फेसबुकबाट आपसमा परिचय गरी फोन नम्बर आदानप्रदान गरी पीडितलाई आरोपितले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडितको आरोप छ ।

पीडित बालिकाले असार ५ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ । पीडित बालिका गर्भवती रहेको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments