Incident Reports

मस्जिद अगाडि कभर्ड हल बनाउन लागेको विरोधमा अनसन

2019-06-21

Lumbini, Rupandehi, Butwal, Ward 1

६ असार,बुटवल । बुटवल १ मा रहेको रजा ए मुस्तफा मस्जिद गेट अगाडि खाली ठाउँ नछाडी कर्भड हल बनाउन लागेको विरोधमा मुस्लिम समुदायले अनसन सुरु गरेका छन् ।

उनीहरुले पार्किङ क्षेत्र छुट्याएर मात्रै कभर्ड हल बनाउन माग गर्दै शुक्रबारदेखि मस्जिद गेटमै अनसन थालेका हुन् । पूर्वसांसद हाजि नजिर मियाको नेतृत्वमा संघर्ष समिति नै बनाएर अनसन सुरु भएको हो ।

मुस्लिम अगुवाहरुले मस्जिद च्यापिने गरी कभर्ड हल नबनाउन आग्रह गरे । मियाले समयमै आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने बताए ।

यसअघि उनीहरुले यही माग राखेर बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका थिए ।

१६ परिवार ९ दिनदेखि अनसनमा

बुटवल उपमहानगरपालिकाले कभर्ड हल बनाउन भन्दै स्थानीयको घर भत्काएपछि १६ घरपरिवार अनसनमै छन् । अनसनको आज ९ दिन पुगेको छ । उनीहरुले आफूहरुलाई न्याय दिलाइदिन अपिल गरेका छन् ।

अहिले निर्माणाधीन कभर्डहल नजिक दुईथरिको अनसन छ ।

एकातिर विस्थापित परिवारको भने अर्काेतिर मुस्लिम समुदाय धर्नामा बसेका हुन् । सो जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले डोजर लगाएर भत्काइदिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Muslim
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments