2019-06-24
अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सिर्जना भएको छ । बङ्गलाचुलीगाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीय भिमी सारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।मृतकका आफन्तले श्ययाबाट शव उठाएका छैनन् ।
बिरामीको ज्यानै जानेगरी भएको अस्पतालमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग गर्दै आफन्तले अस्पताल परिसरमा बसेर विरोध जनाएका छन् । काँपेर ज्वरो आउने, पखाला लाग्ने र पिसाबमा समेत समस्या देखिएपछि शनिबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर बिरामी गएरातिदेखि झन् सिकिस्त भएपछि उपचारका लागि कुनै स्वास्थ्यकर्मीले चासो नदेखाएर बिरामीको मृत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुले बताए । उनका अनुसार गएराति १ बजे पिसाब बन्द भएको थियो ।
तर त्यहाँ कार्यरत नर्सले चासो नदिएको र चिकित्सकसमेत नआएपछि आज बिहान ८ बजे बिरामीको मृत्यु भएको मृतकका श्रीमान् सारुले जानकारी दिए । अस्पतालका डा जीतनारायण यादवले पखालासँगै बिरामीको रक्तचाप कम भएका कारण मृत्यु भएको बताए । उनले भने, ‘बिरामीको मिर्गौलामा समस्या देखिएको थियो । पखाला लाग्ने र रक्तचाप पनि कम भएका कारण मृत्यु भएको हुन सक्छ ।’
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Extra-judicial response related to perceived healthcare malpractice/after death of patient |
Secondary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | 10 |
Actor 1 - Affiliations | Protesters/demonstrators |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n |
Actor 2 - Affiliation (Target) | Health sector/health workers, doctors |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD