Incident Reports

दुध सडकमा पोखेर विरोध

2019-04-01

Sudurpashchim, Kanchanpur, Shuklaphanta, Ward 11

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको सुनवरा कृषि सहकारी संस्थाले दुध बिक्री नभएपछि पूर्व पश्चिम राजमार्गमा दध पोखेर विरोध गरेको छ ।दग्ध विकास संस्थान अत्तरीयाले समयमै सहकारीको चिस्यान केन्द्र बाट दुध नलगे पछि खराव भएको दुई सय लिटर दुध सहकारीका पदाधिकारीहरुले सडकमा पोखेर विरोध गरेका हुन ।संस्थानले शुक्रवारनै लैजानु पर्ने दूध आईतवार मात्रै लगेपछि चिस्यन । केन्द्रको क्षमता भन्दा वढि रहेको दुध खराव भएको संस्थाका अध्यक्ष विक्रम वहादुर भण्डार ले जानकारी दिनु भयो ।

चिस्यान केन्द्रबाट दुग्ध विकास संस्थाले दुध हरेक तीन/तीन दिनमा लैजानु पर्नेमा आईतवार छ, दिन ५, रात्र लैजान आएपछि दुध विग्रेको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो दग्ध विकास संस्थान समयमा नै दध लैजान नसक्ने जानकारी दिएको भए आज संस्थालाई नोक्सान हुने थिएन । संस्थानका कर्मचारीले आफै चिस्यान केन्द्र बाट नापेर लगेको दुधमा पनि कहिलै दुधको मात्र कम छ भनेर कम रकम दिने र कहिलै चिल्लो पदार्थको मात्रा कम भयो भनेर कम रकम दिने गरेको उहाँले वताउनु भयो ।सहकारीको चिस्यान केन्द्रमा शुक्लाफाँटा नगरपालीका र कृष्णपुर नगरपालिका | गरी दैनिक एक सय पचास जना किसानहरुको सात सय लिटर दुध|

खरीद गर्ने गरेको उहाँले जानकारी दिनु भयो ।सरकारले दुग्ध उत्पादन गर्ने किसानलाई प्रोत्साहीत गर्ने नीति ल्याएका छौ भन्ने तर आफै किसनहरुले उत्पादन गरेको दुध पनि खपत नगरी सक्ने यो कस्तो प्रकारको निति हो ? सहकारी संस्थाका अध्यक्ष भण्डारीले प्रश्न गर्नु भयो । दुग्ध विकास संस्थानको अत्तरिया कार्यालयका प्रमुख गोविन्द लेखकले सुनवरा कृषि सहकारीसंग दैनिक दुई सय पचास लिटर दुध लैजाने सहमती भएको बताउनु भयो । संस्थानले दुई सय पचास लिटर भन्दा वढि खरिद गर्दै आएको छ। गाड़ी खराव भएका कारण आउन सकिएन संस्थाले सम्झौता भन्दा वढि किनेको दुधलाई आफैले शुरक्षित र बिक्रि गर्ने जिम्मा लिनु पर्दछ, उहाँले भन्नु भयो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments