Incident Reports

पत्नी कुटपिट घटनाका आरोपितद्वारा प्रहरीमाथि दुर्व्यवहार

2019-06-26

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 4

दोगडाकेदार गाउँपालिका–४ लट्कालीकी ३२ वर्षीया तारा ठगुन्नालाई कुटपिट गरेको अरोपमा छलफल गराउन गएका प्रहरीमाथि पीडितका पति जगत ठगुन्नाले असार ११ गते दुर्व्यवहार गरेको आरोप छ ।

पीडित तारा ठुगुन्नाले बेलाबेलामा पतिले कुटपिट गर्ने गरेको भनी प्रहरी चौकी खाचलेकमा निवेदन दिएपछि छलफलका लागि गएका प्रहरीमाथि आरोपित ठगुन्नाले गाली गर्दै हातपात गरी दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर दिपक पातलीले बताए ।

पातलीका अनुसार प्रहरीमाथि दुव्र्यवहार गरेको अरोपमा उनलाई प्रहरीले असार १२ गते गिरफ्तार गरी जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।

अरोपित ठगुन्नाले भने पति–पत्नीको विवादमा प्रहरीले आफूहरूलाई कुटपिट गरेको आरोप लगाएका छन् ।


नरी बडु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments