Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-20

Gandaki, Gorkha, Gorkha, Ward 5

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–५ हिलेपोखरीका ३८ वर्षीय भरत खत्रीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असार ५ गते बलात्कार गरेको भन्दै असार १२ गते मौखिक उजुरी आएपछि असार १२ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

असार १३ गते पीडितले लिखित उजुरी दिएकी छन् । उक्त घटना गाउँ तहमै मिलाउने प्रयास भएपनि नमिलेपछि केही ढिला गरी प्रहरीसम्मआइपुगेको जनाइएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १२ गते गोरखा अस्पतालमा भएको छ ।


हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments