Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-06-30

Province 1, Panchthar, Phidim, Ward 7

फिदिम नगरपालिका-७ रानिटारस्थित जंगलबाट सोही स्थान बस्ने ५० वर्षीय काली प्रसाद तामाङलाई भरुवा बन्दुक १ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरीले उक्त जंगलमा उनलाई शिकार खेल्न बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments