Incident Reports

कुटपिट गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

2019-06-27

Lumbini, Bardiya, Madhuwan, Ward 9

मधुवन नपा–९ की ४५ वर्षीया दिलमाया देशुवा मगरलाई असार १२ गते ५० वर्षीय पति केशरबहादुर देशुवा मगरले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।

मधुवन नपा–८ स्थित प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले आरोपितलाई असार १२ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा कुटपिट गरी बेहोस भएकी महिलालाई जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

पीडित पक्षले असार १३ गते उजुरी गरेपछि घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले बताए । शवको पोष्टमार्टम असार १३ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।


मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website , Local Newspaper - Dhanusha

0 Comments