Incident Reports

सडक मर्मत माग गर्दै राजमार्ग अवरुद्ध

2019-04-07

Gandaki, Tanahun, Shuklagandaki, Ward 2

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौंडा-कोत्रे सडकखण्ड मर्मत गर्नुपर्ने माग गर्दै स्थानीयवासीले आइतवार राजमार्ग अवरुद्ध गरेका छन्। शुक्लागण्डकी नगरपालिका-२ हलेदीस्थित राजमार्ग भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले बिहान ९:३० बजेदेखि राजमार्गमा ढुङ्गा तेस्र्याएर अवरुद्ध गरेका हुन्।

सम्बन्धित निकायको बेवास्ताको कारण सडक मर्मतमा ढिलाइ भएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी हरिलाल रिमालले बताए । उनले भने 'स्थानीय सरकारदेखि प्रदेश सरकारलाई समेत यस बारेमा पटक पटक ध्यानाकर्षण गरायौं तर हामीहरुको मागलाई बेवास्ता गरियो। बाध्य भएर राजमार्ग अवरुद्ध गरेका हौं।' उनका अनुसार घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यहाँका बासिन्दालाई समस्या पर्दै आएको छ ।

राजमार्ग अवरुद्ध भएपछि दमौली हुँदै पोखरा र पोखरा हुँदै दमौलीतर्फ आउने सयौं सवारी साधन रोकिएका छन्। राजमार्ग बन्द हुँदा यात्रु मर्कामा परेका छन्। गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यस ठाउँको सडकको दुर्दशाका विषयमा प्रदेशसभा सदस्य आशा कोइरालाले केही समय अगाडि प्रदेशसभा मार्फत सरकारको ध्यानाकर्षण समेत गराएकी थिइन्। रासस

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments