Incident Reports

फोहर उठाउन माग गर्दै प्रदर्शन

2019-06-30

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ कलेज प्रशासन र अध्ययनरत विद्यार्थीले कलेजअगाडि थुपारिएको फोहर उठाउन माग गर्दै प्रदर्शन गरेका छन्।

काठमाडौं महानगरपालिकालाई फोहर उठाउनका लागि पटक–पटक गरेको आग्रह सुनुवाइ नभएपछि विद्यार्थी महानगरको विरोधमा उत्रिएका हुन्। आइतबार विद्यार्थी तथा कलेज प्रशासनले सहर सफा राख्न, कलेजको अगाडिको फोहर हटाउन माग गर्दै कलेज अगाडि विरोध गरे।

कलेजको गेटमा नै थुपारिएको फोहरले दुर्गन्ध फैलिँदा पठनपाठन नै प्रभावित भएकाले आफूहरू बाध्य भएर प्रदर्शनमा उत्रनु परेको क्याम्पस प्रमुख गणेशप्रसाद घिमिरेले बताए। फोहर उठाउनका लागि महानगरसँग कयौँ पटक अनुरोध गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे।

महानगरले प्रदर्शनी मार्ग वरपरको संकलित फोहर वाल्मीकि क्याम्पसअगाडि संकलन गरेर पुनः उठाउने गर्छ। सो स्थानमा थुपारिएको फोहरलाई बिहान ८ बजे अगावै उठाउन माग गर्दै आए पनि महानगरले सनुवाइ नगरेको कलेज प्रशासन र स्थानीयवासीको दाबी छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments