Incident Reports

पेस्तोल लुकाउने पक्राउ

2019-04-17

Province 1, Morang, Biratnagar, Ward 15

बिराटनगरमा सोमबार प्रहरीले बाँसघारीबाट फेला पारेको पेस्तोल विराटनगर महानगरपालिका-१५ का मणिकुमार सिंले लुकाएर राखेको अनुसन्धानबाट खुलेको छ। विराटनगर-१६ दरैया बस्तीमा रहेको बाँसघारीमा मेड इन युएसए लेखिएको ९ एमएम पेस्तोल र पेस्तोलमा प्रयोग हुने दुई राउण्ड गोली फेला पारेको थियो । 

अनुसन्धानका क्रममा विराटनगर-१६ मा बस्दै गाएका सिंहले भारतबाट २० हजार रूपैयाँमा खरिद गरेर ल्याएको खुलेको हो । केही दिनअघि छिमेकीसँग झगडा गरेका सिंहले छिमेकलाई फसाउन ल्याएको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीलाई सिंहले नै बाँसघारीमा पेस्तोल भएको जानकारी गराएका थिए । अनुसन्धानका क्रममा उनैले राखेको खुलेपछि पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 


0 Comments