Incident Reports

धुलो उडेकै कारण लक्ष्मीपुरचोकमा सडक अबरूढ़

2019-05-18

Madhes, Siraha, Bishnupur

धुलो उडेकै कारण सडक अबरूद्ध गरिएको छ । सडकमा उड्ने धुलोबाट पीडित भएको भन्दै विष्णुपुर गाउँपालिकाको लक्ष्मीपुरचोकमा शनिबार स्थानीय बासिन्दा र व्यावसायीले सडक अवरुद्ध गरेका छन् । लक्ष्मीपुरचोक देखि थल्हा जाने एक हजार आठ सय मिटरको पिच सडकको निमार्णको लागि अम्बा विल्डर्स कम्पनीले समय अवधिमा निमार्ण गर्न नसक्केकोमा विष्णुपुर गाउँपालिकाले ७ दिने सूचना समेत गरिसक्केको छ । सो काम सम्पन्न नभए कारवाही गरिने गाउँपालिका अध्यक्ष जागेश्वर यादवले बताएका छन् ।

वर्षीदेखि जीर्ण सडकको कारण सवारीसाधन आवतजावतबाट उड्ने धुवाँधुलोले स्वास्थ्यमा असर पारेर पीडित भएको भन्दै वडा नं. ४ का कार्यपालिकासदस्य महेन्द्र यादवको नेतृत्वमा स्थानिय जनताले बिहान ८ बजे देखि १ बजे सम्म सडक अवरुद्ध गरेका छन् ।

सम्बन्धित निकायले धुलो उड्न नदिन दैनिक पाँच पटकसम्म पानी छकिंने सम्झौता गरे पनि कार्यान्वयन नगरेकोले बाध्य भएर आन्दोलनमा उत्रेको यादवले बताएछन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments