Incident Reports

प्रेम विवाह गर्दा बलात्कार आरोप

2019-02-18

Province 1, Morang, Biratnagar, Ward 13

१४ वर्षकी किशोरीसँग प्रेम विवाह गरेको बताउने युवक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्। किशोरीसँग विवाह गरी भागेका सप्तरी राजविराज नगरपालिका-१४ गोर्खाली टोल घर भई विराटनगर- १४ बस्दै आएका ३० वर्षीय दीपक राउत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन्। कानुनले २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई बर्जित गरेको छ । मुलुकी संहिता अनुसार त्यस्तै १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमैयौन सम्पर्क गरेमा पनि कसूर मानिन्छ। किशोरी १४ वर्षको मात्र भएकाले पीडित परिवारको उजुरीका आधारमा राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।

गत फागुन ५ गते विराटनगर महानगरपालिका-१३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो। दुई महिना खोजी गरेको प्रहरीले किशोरी र युवकलाई काठमाडौंबाट पक्राउ गरेको थियो। बजार जान्छु भनी हराएकी किशोरीलाई दीपकले प्रेम विवाह गरी काठमाडौं पु-याएका थिए । महाननगरिय प्रहरी कार्यालय वृत्त गौशालाको समन्वयमा काठमाडौं महानगरपालिका- ९ स्थित तिलगंगा एरियामाबाट पक्राउ गरी वैशाख ५ गते विराटनगर ल्याएको थियो। प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments