Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-01

Karnali, Surkhet, Birendranagar, Ward 3

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला पचालझरना गाँउपालिका घर भई वीरेन्द्रनगर नपा–३ बस्ने ३५ वर्षीय विजयराज सेजुवाललाई असार १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १८ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई वीरेन्द्रनगरबाटै गिरफ्तार गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पीडितको स्वास्थ परीक्षण असार १८ गते नै प्रदेश अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments