Incident Reports

खुकुरी प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

2019-07-05

Madhes, Saptari, Surunga, Ward 1

सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई असार १९ गते साँझ खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई गिरफ्तार गरेको छ ।

शवको नजिकै आँगनमा दुवै हातमा खुकुरी लिएर उफ्रिरहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कडरबोनामा नियन्त्रणमा राखिएको सप्तरी प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको र खुकुरी बोकेर धम्क्याई रहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले बताए ।

मोबाइलमा रिचार्ज र घरमा खैनी सकिएको धनमायाले भनेपछि उनका पति ६५ वर्षीय लोकबहादुर पुलामी बजार निक्लिएका बेला छोराले नै आमाको हत्या गरेको लोकबहादुरले बताए ।

शवलाई पोष्टमार्टमका लागि असार १९ गते राति रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पुर्‍याइएको छ ।

जङ्गबहादुर मनोरोगी भएको आशङ्का गर्दै घर छाडेकी उनकी पत्नी एक छोरा र एक छोरीका साथ उदयपुरको रौतास्थित माइतमा छिन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments