Incident Reports

नाला कमसल भएको भन्दै अवरोध

2019-03-15

Province 1, Sunsari, Inaruwa, Ward 3

सुनसरी सदरमुकाम इनरुवामा निर्माणाधी ढल नाला निमाणको कार्य कमसल भएको भन्दै स्थानीयले बिरोध गरेका जनाएका छन् । इनरुवा बडा नम्बर ३ सखुवागाची मुख्य बजार जोड्ने सडक छेउमा निर्माणाधी ढल  गुणस्तरहीन भएको स्थानीय आरोप छ। कमसल सामग्री प्रयोग गरिएको लगनअनपको कार्य नभएको भन्दै स्थानीय नाला निमाणको कार्य समेत रोकेका छन्। ढल निर्माणको क्रममा कोशी कटान सुनसरी खोलाको माटो मिसिएको बालप्रयोग भएको स्थानीयको दावी छ । सिमेन्ट मात्रा समेत कम प्रयोग गरिएको बताउने स्थानीयहरूले अन्य सामग्री समेत कमसन प्रयोगमा ल्याइएको बताएका छन् ।

प्लास्टर गर्न नपाउँदै उक्किने र जोडिएक इट्टा भत्किन थालेपछि काम रोकेको स्थानी अगुवा रमेश अधिकारीले बताए । जिम्मेवार निकायले अनुगमनमा ध्यान नदिदा मनोमानी बढेको उनीहरूको भनाई छ। कमसल काम रोकेका स्थानीयले लगत स्टिमेट अनुसारको गुणस्तरको काम हुनुपर्ने अडान राखेका छन् ।  

उनीहरूले गुणस्तरहीन काम भइरहँदा समेत बडाध्यक्ष भने जिम्मेबारीबाट पन्छिएको आरोप लगाएका छन् । वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङले नगरवासीको गुनासो कतिपय अवस्थामा जायज भए पनि आफूमाथि लगाइएको आरोप निराधार भएको भन्दै व्यक्तिगत रििसवी साँध्न खोजिएको प्रतिकृया दिएका छन् ।

गुरुङले आफू प्राबिधिक नभएको बताउँदै गुणस्तरीय काम भए नभएको भन्ने विषय प्राविधिकको छानविनपश्चात मात्र यकिन हुने बताए । शहरी विकास डिभिजन कार्यालय विराटनगरले साइट अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहको हकमा नगर प्रमुख, प्रशासकीय अधिकृत र इन्जिनियरलाई तोकेको गुरुङको भनाई छ । गुरुङले आफूले स्थानीयवासी र वडाध्यक्षको हैसियतले स्थानीयको गुनासो अनुगमन टोलीसमक्ष राखेको र सम्बोधनको लागि यथासक्य पहल गरिरहेको बताए । 

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भने ढल निर्माणको कार्य कमसल भएको ठहरिए सम्बन्धित ठेकेदारलाई कारवाहीको सिफारिस गरिने बताएका छन् । पूर्वाधार निर्माणको कार्य गुणस्तरयुक्त हुनुपर्ने बताएका मेहताले छिटै संयुक्त अनुगमन गरी स्थानीयको गुनासो सम्बोधन गरिने बताए| 

सखुबागाछीदेखि बबियासम्म पहिले नै सडकसहितको ढलनाला निर्माणका लागि टेण्डर लागेको थियो । निर्माणको काम बबिया तर्फबाट गर्दा सो खण्डमा टेण्डरमा उल्लेखित मापदण्ड भन्दा बढीमा काम गराइदा आधा भन्दा बढी भागको काम बाकी रहदै रकम सकिएको भन्दै निर्माण कम्पनीले हात झिकेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Morang

0 Comments