Incident Reports

फेसबुकमा साथी बनाएर बलात्कार, घाइते अवस्थामा उद्धार

2019-07-05

Province 1, Morang, Uralabari, Ward 1

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका-१ मेचेडाँडामा एक दलित युवतीमाथि बलात्कार भएको छ।फेसबुकमा साथी बनाएको आधारमा चिनजान गर्दै केही समयदेखि संगत बढाएका २१ वर्षीय संगम राईले बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

'फेसबुकका साथी रहेका दुवै जनाबीच सामान्य कुराकानी पनि हुँदो रहेछ,' उनले भने, 'फेसबुकमार्फत नै मोबाइल नम्बर समेत आदानप्रदान गरेको पाइयो।' मोबाइल नम्बरकै आधारमा पिछा गर्दै गएका राईले खेतिको काम गरेर घर फर्कदै गरेको अवस्थामा २१ वर्षीय युवतीमाथि बलात्कार गरेको श्रेष्ठले बताए। 

प्रहरीका अनुसार इलामको चुलाचुली-६ घर भएका राई मोरङको उर्लाबारीमै आफन्तको घरमा बस्दै आएका थिए। युवतीमाथि शुक्रबार राति ९ बजे बलात्कार भएको श्रेष्ठले बताए। उनका अनुसार बलात्कार गरेर घाइते बनाएर छाडेको अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। 

टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा उद्धार गरिएकी युवतीको उर्लाबारीमै उपचार भइरहेको छ । घटनास्थलको प्रकृति हेर्दा ठूलै संघर्ष र प्रतिवाद गरेको देखिन्छ,' एक प्रहरीले भने, 'ललाईफकाई विभिन्न प्रलोभनमा पारेर राति एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो।'

बल प्रयोग गरेर बलात्कार गरिरहेको स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। एक युवाले युवतीमाथि बलपूर्वक रुपमा जबरजस्ती गरिरहेको र युवतीले सकिनसकी प्रतिवाद गरिरहेको देखेर प्रहरीलाई खबर गर्दै आफूहरु पनि उद्धारमा खटिएको एक स्थानीयले बताए।

घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आइतबार जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट दुवैजनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडा बरामद गरेको छ। डीएसपी श्रेष्ठका अनुसार बलात्कारबाट पीडित भएकी युवती मानसिक रुपमा विक्षिप्त छिन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments