Incident Reports

विद्यालयका प्रधानाध्यापकमाथि अध्यक्षद्वारा कुटपिट गरेको पीडित पक्षको आरोप

2019-06-19

Bagmati, Ramechhap, Likhu, Ward 5

लिखु तामाकोसी गाउँपालिका-२ सैपुको अरूणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक ३० वर्षीय सन्तोष पौडेललाई सोही गाउँपालिकाका अध्यक्ष ४८ वर्षीय गोविन्दबहादुर खड्काले असार ४ गते कुटपिट गरेको आरोप लागेको छ ।

लिखु तामाकोसी गाउँपालिका-५ को झटेश्वर माध्यमिक विद्यालयमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आयोजना गर्ने विषयमा भएको छलफलका क्रममा सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष खड्काले पौडलेमाथि कुटपिट र अभद्र व्यवहार गरेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको लिखु तामाकोसी गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

गाउँपालिका कार्यसमितिको तर्फबाट अध्यक्ष गङ्गा कार्की र सचिव सम्बरराज पुरीले असार ४ गते जारी गरेको विज्ञप्तिमा शिक्षकहरूलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न माग गरिएको छ ।

नवराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments