Incident Reports

सप्तरीमा १४ वर्षीय बालिकाको बलात्कार

2019-07-03

Madhes, Saptari, Tilathi Koiladi, Ward 7

सप्तरीमा १४ वर्षीया एक बालिकाको बलात्कार भएको छ । गत बुधबार मदिरा खुवाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको हो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ वभनगामाकट्टी स्थित लक्ष्मीवल्लभ नर्सिङ माविको निर्माणाधीन भवनमा मजदुरी गर्ने बालिकाको बलात्कार भएको स्थानीयले बताए । हालसम्म प्रहरीमा भने उजुरी नपुगेपनी अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ ।

विद्यालयका कार्यालय सहयोगी शिवशङ्कर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाइएको छ । हाल उनीहरू दुवै फरार छन् । यता प्रहरीले उनीहरूको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक भावेश रावलले जानकारी दिए ।घटनाको विषयमा जानकारी आए पनि बालिकाकोतर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । बलात्कार वा बलात्कार उद्योग भन्ने विषय उजुरीपछि अनुसन्धान हुने उनले बताए ।सोधपुछका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर  बलात्कार

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पक्राउ परेका आरोपित विद्यालयका कार्यालय सहयोगीसमेत हुन् । आरोपित मण्डल र विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५÷४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।  

विद्यालय प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदूरी गर्ने बालिकालाई आरोपितले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेका थिए । रात परेपछि नास्ता खान जोर जबर्जस्ती गरी सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments