Incident Reports

मेयरकै अगाडि वडाध्यक्ष कुटिएपछि...

2019-07-09

Bagmati, Dhading, Nilakantha, Ward 12

धादिङ - नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष ४५ वर्षीय बाबुराम लम्साललाई २ शिक्षकसहित चार जनाले कुटपिट गरी घाइते बनाएका छन् ।  

मंगलबार सडक अनुगमनको क्रममा गाउँ पुगेका बेला नीलकण्ठ नगरपालिका–१२, कुँडुलेफाँटमा खानेपानीको विषयमा विवाद हुँदा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाको उपस्थितिमा २ शिक्षक सहितका व्यक्तिहरुले कुटपिट गरेको वडाअध्यक्ष लम्सालले बताउनुभयाे ।  

वडाध्यक्षलाई कुटपिट गर्नेहरुमा सांङकोष माविका शिक्षक ५२ वर्षीय युवराज रिजाल, पंडितचौर आधारभूत विद्यालयका शिक्षक ४७ वर्षीय बलराम रिजाल, पूर्व शिक्षक ५५ वर्षीय नानीराम रिजाल र २९ वर्षीय दिपक रिजाल रहेका छन् । आरोपितहरु सबै नीलकण्ठ नगरपालिका-१२ का बासिन्दा हुन् ।

मेयर ढुंगाना र वडाध्यक्ष लम्सालसहितको टोली कुँडुले देउराली बटुवा सडक अनुगमनको क्रममा समुदायसँग छलफल गर्दै गर्दा वडाअध्यक्षलाई कुटिएको थियो ।

कुँडुले क्षेत्रमा १ सय घरलाई खानेपानी ल्याइएको मुहान आफूहरुको परेकोले नदिने अडान राख्दै आएका व्यक्तिहरुले एक्कासि उहाँमाथि आक्रमण गरेका थिए ।  अनुहार, टाउँकोमा चोट लागेको अवस्थामा नगरप्रमुख ढुंगाना र अन्य केही सहयोगीहरुले वडाध्यक्ष लम्सालको उद्धार गरेकाे र घाइते वडाध्यक्षको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ । 

आरोपित चारै जनाविरुद्ध वडाध्यक्ष लम्सालले अभद्र व्यवहार अन्तरगत जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले घटनाको सम्बन्धमा उजुरी आएको तर दुवै पक्ष छलफलमै भएकोले मुद्दा दर्ता नभइसकेको बताउनुभयाे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments