Incident Reports

पूर्विचौकी गाउँपालिकामा तालाबन्दी

2019-01-29

Sudurpashchim, Doti, Purbichauki

डोटीको पुर्विचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिका कार्यालय सहयोगीको भरमा छोडेको र जनतालाई नियमित सेवा नदिएको भन्दै स्थानीय सेवाग्राहीहरुले तालाबन्दी गरेका हुन् ।

मंगलबार लगाइएको ताला आफ्ना माग पुरा नभए सम्म नखोल्ने संघर्ष समितिका संयोजक देव बहादुर खड्काले बताए । गत आर्थिक बर्षमा पनि बिदा बाहेकको १७ दिन कार्यालय अलपत्र छाडेको आरोप लगाउँदै संयोजक खड्काले कार्यालय सहयोगीको भरमा गाउँपालिका छाडेर जनतालाई सेवाबाट वञ्चित गरेको आरोप लागाए । उनले भने-‘जनताहरु गाउँपालिकामा ३० किलोमिटर सम्म पैदल हँडेर आउँछन् तर काम हुँदैन । जसको हातबाट काम हुने हो सबै एकै साथ  गाउँपालिका बाहिर हुन्छन् । गाउँपालिकाका सेवाग्राही जनताले धेरै चोटी यस्तो समस्या झेल्नुपरेको छ । त्यसैले तालाबन्दी गरेको हौँ ।

मंगलबार सेवाग्राही गाउँपालिकामा पुग्दा गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनीधि, कर्मचारी सबै दिपायलमा पर्यटन सम्बन्धि तालिम चलाउन गएको जानकारी पाए पछि तालाबन्दि गरिएको स्थानीय दिपेन्द्र खड्काले बताए ।

गाउँपालिकामा तालिम चलाउने हल तथा खान बस्नको राम्रो व्यवस्था हुँदाहुँदै पनि गाउँपालिकाले रमझम र बिलासी | व्यवहार देखाउँदै सेवाग्राहीलाई जानकारी हुने कुनै सुचना प्रबाह नगरेर दिपायलमा कार्यक्रम गर्नु दुखद कुरा भएको संघर्ष समितिका संयोजक खड्काले बताए।

पूर्बिचौकी गाउँपालिकाद्वारा आयोजना हुने तालिम गोष्ठि लगायतका कार्यक्रम पारदर्शी रुपमा गाउँपालिकाको क्षेत्र भित्रै हुनु पर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुचारु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका बाहिर जानु पर्ने भएमा वडाध्यक्षलाई कार्यबाहक दिएर जानु पर्ने स्थानीयहरुको माग छ । गाउँपालिकाले लिखितरुपमा ति कुराहरु उल्लेख गरेर प्रतिबद्धता नजनाए सम्म तालाबन्दी नखोल्ने र गाउँपालिकाले अटेर गरे थप संघर्षका कार्यक्रम अघि बढाउने संयोजक खड्काले बताए।  

गाउँपालिकाको आयोजनामा जिल्ला स्थरीय खप्तड पर्यटन प्रबद्धन सम्बन्धि कार्यशाला गोष्ठीका लागि आफहरु दिपायल आएको गाउँपालिकाका प्रमुख दिर्घ  बोगटीले स्वीकार गरे । उनले तालाबन्दीको बिषयमा आफ खासै जानकार नभएको भन्दै कार्यक्रम सफल पार्न सबैको भूमिका रहेकाले जनप्रतिनीधि र कर्मचारी सहित दिपायलमा आउनु परेको बताए । उनले भने-'म अहिले कार्यक्रमको लागि बाहिर छु । एकदुई जनाले तालाबन्दी गरेको छ भन्ने खबर प्राप्त भएको छ । किन र कसरी लगाएको हो बुझेर समस्या समाधानका लागि पहल गर्ने छु।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments