Incident Reports

अवैध रुपमा राखेको १ नाल भरुवा बन्दुक सहित पक्राउ

2019-07-10

Province 1, Dhankuta, Dhankuta, Ward 8

धनकुटा, २५ असार    धनकुटा नगरपालिका-८ टेकुनाला बस्‍ने ५८ वर्षीय हर्कजंङ राईलाई १ नाल भरुवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईको घरमा बाँदर लखेट्ने भनी अवैध रुपमा बन्दुक राखिएको छ भन्ने सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments