Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2019-07-10

Lumbini, Banke, Nepalgunj, Ward 2

नेपालगन्ज उमनपा-२ घरबारीटोलकी ३६ वर्षीया ललिताकुमारी लोधको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति शिवकुमार लोधलाई असार २५ गते गिरफ्तार गरेको छ ।

परिवारका सदस्यले ललितालाई घरमा नभेटेपछि खोज्दै जाँदा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो । पीडित पक्षले घटनाका सम्बन्धमा असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेर आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर वलीले बताए । शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website , Local Newspaper - Banke , Local Newspaper - Dang

0 Comments