Incident Reports

अवैध हातहतियार सहित २ जना पक्राउ

2019-07-17

Province 1, Ilam, Illam, Ward 3

ईलाम नगरपालिका-३ बाट सन्दकपुर गाउँपालिका-१ बस्ने ३५ वर्षीय राम कुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बुलाई  ३ नाल भरुवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाम नगरपालिका-३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईको गोठमा सोमबार राति उक्त हतियार लुकाई गोठमा लुकीछिपी बसेको अवस्थामा राम कुमार र कुमार फागोलाई फेला पारी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments