Incident Reports

डोरीले घाँटी कसेर सासूको हत्या, आरोपित गिरफ्तार

2019-07-15

Lumbini, Arghakhanchi, Sitganga, Ward 8

सितगङ्गा नपा-८ सातमाराकी ४३ वर्षीया सासू इन्द्रकला मुखियाको हत्या गरेको आरोपमा प्रहरीले दाङ जिल्ला राप्ती गाउँपालिका-२ लालमटियाका २९ वर्षीय बसन्त कुमाललाई असार ३१ गते गिरफ्तार गरेको छ ।

माइत बसेकी पत्नीलाई लिन ससुराली पुगेका कुमालले मदिरा सेवन गरेको र समान्य विवादमा असार ३० गते डोरीले घाँटी कसेर हत्या गरी भान्साकोठामा झुण्ड्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि घटनास्थल पुगेर आरोपितलाई गिरफ्तार गरी अुनसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालय ठाकाका इन्स्पेक्टर गणेशबहादुर नरालले बताए । घटनाका बारेमा पीडित पक्षले असार ३१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

घटनाको प्रमाण पुर्‍याउनका लागि केही ल्याव परीक्षण गर्नुपर्ने भएकाले जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा शवको पोष्टमार्टम हुन नसकेपछि त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।


नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments