Incident Reports

प्रहरीले हिरासतमा यातना दिएको पीडितको आरोप

2019-07-05

Province 1, Sunsari, Inaruwa, Ward 9

इनरूवा नगरपालिका–९ का ३१ वर्षीय कुलदीप यादवलाई विना कारण प्रहरीले गिरफ्तार गरी यातना दिएको विषयमा न्याय दिलाई दिन पीडितका बाबुले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई निवेदन दिएका छन् ।

५८ वर्षीय बाबु विन्देश्वर यादवले साउन २ गते इन्सेक सुनसरी प्रतिनिधिलाई निवेदन दिँदै न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

निर्दोष छोरालाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको र १५ गते अभद्र व्यवहार अन्र्तगत मुद्दा दर्ता गरी कारवाही अघि बढाएको पीडितले दिएको निवेदनमा उल्लेख छ ।

प्रहरीले असार २० र २१ गते राति जिल्ला प्रहरी कार्यालयको माथिल्लो तलामा लगि मोटरसाइकल चोरेको आरोप कवुल गर्न लगाउँदै लाठीले गोडा, पैताला र पिठ्यूँमा कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडितका बाबुले प्रहरीले शान्ति सुरक्षा दिनुको सट्टा उल्टो दुःख दिएको भन्दै न्यायका लागि पहल गरीदिन पत्रकार, मानव अधिकारकर्मीसँग आग्रह गरेका हुन् ।

यसैबीच प्रहरीले झुठो मुचुल्का उठाएको र झुक्याएर सही गराएको इनरूवा–९ बबियाका केही स्थानीयले आरोप लगाएका छन् ।

उनीहरूले प्रहरीले आफूहरूलाई झुक्याएर एउटा मुचुल्कामा सही गराएको दावी गरेका हुन् । इनरूवा–९ का बलराम मेहताले आफूलाई असार १५ गते जिल्ला प्रहरी कार्यालयको टोलीले रामकुमार यादवको मोटरसाईकल चोरी भएको विषयमा सहीछाप गरी दिन भन्दै आएको र पछि निर्दोष कुलदिप यादवलाई नभएको घटना कृतिम रूपमा सृजना गरी अभद्र मुद्दा चलाएको बताए ।

चोरीको विषयमा हबिब मसुरी, राजेन्द्र यादव, सियाराम साहु र अशेश्वर पौदारले आफूलाई प्रहरीले झुक्याएर सही गराएको गुनासो गरेका छन् ।

यसैबीच पीडित पक्षको निवेदनपछि इन्सेक प्रतिनिधिले सुनसरीका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीसँग समन्वय गरी घटनाको विषयमा जानकारी लिन आग्रह गरेका छन् ।

जिल्ला प्रतिनिधिले प्रहरीले दमन गरेको विषयमा जानकारी आएको बताएपछि प्रजिअ गिरीले आफूलाई चोरीको विषयमा कोही कसैलाई गिरफ्तार गरेकोबारे प्रहरी युनिटले जानकारी नदिएको बताएका छन् ।

हिरासतमा भएको विषयमा डिएसपीसँग सोधपुछ गरी कानुन भन्दा बाहिरको भए अनुसन्धान गरी कारवाही अघि बढाउने बताएका छन् ।

सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले निर्दोषलाई सजाय दिएकोबारे छानबिन गर्ने र प्रहरी दोषी देखिए कारवाही गर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले आरोपितलाई गिरफ्तार गरी जिल्लामा राख्नु पर्नेमा इलाका प्रहरी कार्यालय लौकहीमा राख्नु पर्ने कारणबारे जिल्ला प्रतिनिधिले सोधपुछ गर्दा डिएसपी फुयाँलले थप अनुसन्धानपछि आरोपितलाई आइतबार जिल्ला पठाउने बताएका छन् ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments