Incident Reports

कोठा हेर्न आएकी महिलालाई सेनाका जम्दारले जबर्जस्ती गर्न खोजेपछि...

2019-07-06

Bagmati, Bhaktapur, Suryabinayak, Ward 6

भक्तपुर– जबरजस्ती करणीको आरोप लागेका नेपाली सेनाका एकजना जमदारलाई कारवाहीको लागि सैनिक अदालत लान पाउनुपर्ने मागलाई भक्तपुर जिल्ला अदालतले इन्कार गरिदिएको छ । असार २१ गते दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिकामा वडा नम्बर ६ मा जमदार राजकुमार श्रेष्ठले कोठमा हेर्न घरमा आएकी महिलाई जबरजस्ती करणी गर्न खोजेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छन् ।

ललितपुर जिल्लाको लगनखेलमा रहेको सेनाको राजदल गणमा कार्यरत श्रेष्ठको अपराधर अनुसन्धान लगायतको सम्पूर्ण कार्य सेनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले मुख्यालय पठाउन माग गरिएको थियो । सेनाको प्राड विभागबाट उपस्थित भएका अधिवक्ताहरुले सैनिक ऐन, २०६३ बमोजिम कारबाही हुने भन्दै मुख्यालय पठाउन माग गरेका थिए ।

पीडित महिलाको जाहेरीपछि भक्तपुर अदालतबाट पक्राउ पूर्जी लिएर महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घटनाको थप अनुसन्धान गर्न सेनाका जमदार श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । पीडितले दिएको जाहेरीमा पहिलानै चिनजान भएका श्रेष्ठको निर्माणधीन घरमा आफ्नो आफन्तलाई कोठा चाहिए पुगेको अवस्थामा सोही घरका धनी श्रेष्ठले जबर्जस्ती करणीको गर्न खोजेको कुरा उल्लेख छ । तर भक्तपुर जिल्ला अदालतमा साउन १ गते बुधबार भएको बहसमा न्यायाधीश ईश्वर पराजुलीले उक्त घटना जिल्ला अदालतको कार्यक्षेत्रभित्र पर्ने भन्दै आवश्यक अनुसन्धानका लागि म्याद थप गर्दै प्रहरीको हिरासतमा पठाउन आदेश दिए ।

न्यायाधीश पराजुलीले दिएको आदेशमा भनिएको छ, ‘प्रस्तुत अपराध करणीसँग सम्बन्धित भएको र सैनिक ऐन, २०६३ को दफा ६६ ले बलात्कार सम्बन्धी मुद्दा सैनिक अदालतको क्षेत्राधिकारभित्र नपर्ने भनि स्पष्ट रुपमा उल्लेख गरेको अवस्था सो कसुरको उद्योगलाई छुट्टै अपराधको सूचिमा राखी ऐ.ऐ.को दफा ६४ बमोजिम कसुर भएको जिल्ला अदालतको क्षेत्राधिकार भित्र पर्दैन भनि अर्थ गर्न मिल्ने देखिएन् । अदालतको आदेशपछि श्रेष्ठलाई प्रहरीले श्रेष्ठलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Army
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments