Incident Reports

शिक्षक अनुपस्थित भएपछि स्थानीयद्वारा विद्यालयमा ताला

2019-07-22

Karnali, Mugu, Mugum Karmarong

मुगु– मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।

गाउँपालिकाको वडा नम्बर ९ पापु गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कार्यरत शिक्षक कुशलाल विटालु साढे दुई महिनादेखि विद्यालयमा नआएको, अर्का शिक्षक रमाइली सेजुवाल एक महिनादेखि विद्यालयमा अनुपस्थित रहे पनि विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको शिक्षा शाखाले तलब खुवाएको भन्दै स्थानीय आन्दोलत भएका हुन्। 

विद्यालयमा नपढाउने तर तलब खाइरहँदा सरकारी लगानी दुरुपयोग भएको भन्दै सोमबारबाट विद्यालयमा तालाबन्दी गरिएको स्थानीय कर्णबहादुर सावतले बताए।

८० जना विद्यार्थी रहेको विद्यालयमा अहिले एक जना प्रधानाध्यापक जितबहादुर जिसी मात्र रहेका छन्। अन्य शिक्षक नआएपछि जिसीले प्रशासनिक कार्य र अध्यापन एक्लै सम्हाल्नु पर्दा विद्यालयको अवस्था अस्तव्यस्त रहेको बताइएको छ।

शिक्षक विद्यालय नआउने तर तलब खाइरहने भन्दै स्थानीयले विद्यालयमा गरेको तालाबन्दीको विषयमा आफूलाई कुनै जानकारी नभएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्गक्याप्ने लामाले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments