Incident Reports

करणी मुद्दा मिलाउन खोज्ने ७ पक्राउ

2019-07-05

Province 1, Morang, Rangeli

 बलात्कारको घटना सेलाउन नपाउदै प्रहरीले सो घटना मिलापत्र गराउने सात जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीकाअनुसार मिलापत्र गराउने मध्ये ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलीप मुर्मू र ३५ वर्षीय सुवास राजवंशी पक्राउ परेका हुन् । ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादर मगर फरार छन्।

मोरङको रंगेलीमा सुस्त मनस्थितिकी किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गराउन दवाव दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटनामा १० जना गाउँका अगुवाले मिलापत्र गराएका थिए । उनीहरु मध्ये सात जना पक्राउ परेका छन् । बलात्कारमा संलग्न भएको आरोपमा रोमन मगर र प्रिन्स अधिकारी पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोप लागेका सुनिल चौधरी फरार छन् । २० असारमा रंगेली नगरपालिका-९ की सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर प्रहरीमा नजाने शर्तमा असार २६ गते मिलापत्र गरिएको थियो । बलात्कारको आरोप लागेका तीनै जनाले साउन ६ गतेभित्रमा पीडित किशोरीलाई ५०-५० हजार रुपैयाँ दिने। कागजमा उल्लेख छ । तर त्यस अघि नै घटना बाहिरियो । प्रहरीले बलात्कारमा संलग्न २५ वर्षीय मगर र २४ वर्षीय अधिकारीलाई साउन ३ गते पक्राउ गरेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Sunsari

0 Comments