Incident Reports

बन्दुकसहित अवैध चोरीसिकार गर्ने तीन पक्राउ

2019-07-18

Lumbini, Bardiya, Barbardiya, Ward 10

अवैध चोरीसिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको सिकार गरी लुकाइछिपाइ राखेको अवस्थामा एकनाले बन्दुकसहित , श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका-१०, लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको सिकार गरी लुकाइछिपाइ राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा बर्दियाबाट खटिई गएको संयुक्त टोलीले घर एकनाले बन्दक गर्दा निजको घरबाट उक्त वस्तु फेला परेको हो ।

थारूको किराना पसलबाट चित्तलजस्तो देखिने जङगली जनावरको ४३ लम्बाइ, २.१०चौडाइ, बीच अंधा इन्च गोलाइ भएको दुई प्वाइल, रहेको छाला एक थान, दुई स्टीलको बाटासहितको मासु १२ केजी, एक फिट लम्बाइ भएको फलामको खुडा एक थान फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बारबर्दिया नपा-७, हरनहुवा बस्ने ५४ वर्षीय सीताराम थारूको घरबाट भरुवा एकनाले बन्दक एक थान, स्टीलको बाटासहित जनावरको मासु छ केजीसहित बरामद भएको छ । सोही ठाउँ बस्ने ५० वर्षीय रामफल थारूलाई दुई केजी जनावरको मासुसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

Local Newspaper - Chitwan

0 Comments