Incident Reports

सडक कालोपत्रे नगरेको विरोधमा बौद्धमा फेरि आन्दोलन

2019-08-06

Bagmati, Kathmandu, Kathmandu

२१ साउन, काठमाडौं । चाबहिल–चुच्चेपाटी खडकखण्डका स्थानीयवासी पुनः आन्दोलित बनेका छन् ।

सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि कालोपत्रे नगरेको भन्दै बौद्धवासी आन्दोलित भएका हुन् ।

स्थानीयवासी र व्यवसायीले यो पटक ढल निर्माण गनुैपर्ने माग राखेका छन् । मंगलबार बिहान उनीहरुले केही घन्टा यातायात समेत अबरुद्ध पारे ।

‘ढलको पानी घरभित्रै पस्ने समस्या छ । पिच पनि अहिलेसम्म भएको छैन’, एक स्थानीयले भने ।

यसअघि २६ वैशाखमा पनि सडक कालोपत्रे गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । तत्काल सडक मर्मत गर्ने सहमतिपछि आन्दोलन मत्थर पारिएको थियो ।

वडा कार्यालयमा सहमति

मंगलबार वडा नं. ७ को कार्यालयमा फेरि उस्तै प्रकृतिको सहमति भएको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्द भन्छन्, ‘तत्काल डोजर लगाएर ढलको समस्या हल गर्ने सहमति भएको छ ।’

कालोपत्रे चाहिँ वर्षातका कारण अहिले हुन नसक्ने भनिएको छ । वर्षाको समयपछि कालोपत्रे थाल्ने सहमति भएको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments